नियम ४७
वन पैदावारको उत्पादन तथा उपभोग
(१) कबुलियती वनको वन पैदावार उपभोग वा बिक्री वितरण गर्दा कार्य योजनाले निर्दिष्ट गरेको परिमाण बमोजिमको वन पैदावार मात्र उपभोग वा बिक्री वितरण गर्न सकिनेछ ।
(२) पट्टावालाले कबुलियती वनमा वृक्षरोपण गरेको वन पैदावारको जात र परिमाण खुलाई प्रत्येक बर्ष जिल्ला वन कार्यालयलाई जानकारी दिनु पर्नेछ ।
(३) पट्टावालाले फलामे टाँचा बनाई जिल्ला वन कार्यालयमा टाँचा दर्ता गराई पाउँ भनी निवेदन दिनु पर्नेछ । सो निवेदन उपर टाँचाको नाम दोहोरो नपर्ने गरी जिल्ला वन अधिकृतले टाँचा दर्ता गरिदिनु पर्नेछ ।
(४) कबुलियती वनको वन पैदावार ओसार पसार गर्दा उपनियम (३) बमोजिमको टाँचा लगाई सोको अग्रिम जानकारी जिल्ला वन कार्यालयमा दिई बाटोमा पर्ने जाँच चौकीहरुबाट दरपिठ गराई लैजानु पर्नेछ ।